७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

शिक्षामन्त्रीद्वारा केन्द्रीय पुस्तकालयको अवलोकन



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या १२७
  • काठमाडौं/  नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अवलोकन भ्रमण गर्नुभएको छ । 

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी. र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालसहित मन्त्रीले पुस्तकालयका सम्पूर्ण शाखाहरूको निरीक्षणसमेत गर्नुभएको थियो । 

    मन्त्री श्रेष्ठलाई पुस्तकालयका नि. प्रमुख सागरराज सुवेदीले पुस्तकालयका संकलन, व्यवस्थापनलगायतका गतिविधिबारे जानकारी गराउनुभयो । पुस्तकालयका सम्पूर्ण शाखाको अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले सिंहशमशेरको व्यक्तिगत संकलन, पुराना हस्तलिखित ग्रन्थहरूको संरक्षणको अवस्था, ई–पुस्तकालय सञ्चालन तथा डकुमेन्टहरूको डिजिटाइजेसन कार्य, प्राध्यापकहरूबाट पुस्तकालय प्रयोगको अवस्थाबारे जानकारी लिनुभएको थियो । 

    त्यस्तै, पुस्तकालयमा सामूहिक छलफलका लागि छुट्टछुट्टै कक्षहरूको व्यवस्था, पुस्तकालयहरूबीच अन्तरपुस्तकालय सापटी कार्य लागू गराउन सकिने अवस्थाबारे जिज्ञासा राख्नुभएको थियो । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?