७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

ग्लोबल आइएमईका १६९ शाखाले २० हजारभन्दा बढीलाई दिए वित्तीय साक्षरता



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ३९
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १ सय ६९ शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक

    उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । 

    बैंकले ७ वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा २० हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता रहेको जनाइएको छ । बैंकले कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा २ हजार ५ सय, मधेश प्रदेशमा २ हजार, बागमती प्रदेशमा ५ हजार, गण्डकी प्रदेशमा ४ हजार ५ सय, लुम्बिनी प्रदेशमा ३ हजार ५ सय, कर्णाली प्रदेशमा ५ सय र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको उल्लेख छ । 

    बैंकले चालू आर्थिक वर्षमा देशका ७७ जिल्लामा रहेका आफ्ना ३ सय ५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गर्न गइरहेको दाबी गरेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको उल्लेख छ । 

    बैंकले हाल देशका ७७ वटै जिल्लामा ३ सय ५४ शाखा, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?