काठमाडौँ सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज (मङ्गलबार) सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।
यसैबीच, नेपाली काङ्ग्रेस भने संसद चल्न नदिने पक्षमा छ । सहकारी ठगी काण्डमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै छानविनबा लागि संसदीय समितिको माग गर्दै काङ्ग्रेसले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यसैले आज पनि संसद चल्नेमा आशंका रहेको कतिपय सांसद बताउँछन् ।
प्रतिक्रिया दिनुहोस