आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

रेस्टुरेन्टहरूमा छुटसहितको ‘कोका–कोला महोत्सव’


  • आफ्नै खबर
  • २०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  •  

    काठमाडौं/  कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरूलाई रेस्टुरेन्टहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्ने योजना ल्याएको हो । 

    यो क्याम्पेनका लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्सजस्ता विभिन्न रेस्टुरेन्टहरूसँग सहकार्य गरेको जनाइएको छ । यी रेस्टुरेन्टहरूमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरूले २० देखि २५ प्रतिशतसम्मको छुट अथवा केही खानाहरूसँग निःशुल्क कोक प्राप्त गर्न सक्ने उल्लेख छ । 

    कोका–कोलाको कोक+मिल्स क्याम्पेनको नयाँ संस्करणको रूपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ जेठ २५ सम्म चल्ने जनाइएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु