आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

लिटरमै ७ रुपैयाँ घट्यो पेट्रोलको मूल्य


  • आफ्नै खबर
  • २०८१ जेष्ठ २, बुधबार १ साल अघि
  • २७ पाठक संख्या
  • काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५/५ रुपैयाँले घटाएको हो।

     निगमका अनुसार प्रतिलिटर १७८ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १७१ रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको मूल्य १५९ रुपैयाँबाट घटेर १५४ रुपैयाँ कायम भएको छ।

    भारतबाट नै पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ। घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

     

     

     

     

    Petrol-1715783922.jpg

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु