२३ कात्तिक २०८२ आईतबार | 09 Nov 2025 Sun

लिटरमै ७ रुपैयाँ घट्यो पेट्रोलको मूल्य

डिजेल तथा मट्टितेलको मूल्य पनि ५५ रुपैयाँले घट्यो



  • आफ्नै खबर
  • २ जेठ २०८१ बुधबार (२ बर्ष अघि)
  • पाठक संख्या १६४
  • काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५/५ रुपैयाँले घटाएको हो।

     निगमका अनुसार प्रतिलिटर १७८ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १७१ रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको मूल्य १५९ रुपैयाँबाट घटेर १५४ रुपैयाँ कायम भएको छ।

    भारतबाट नै पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ। घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

     

     

     

     

    Petrol-1715783922.jpg