१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार



  • आफ्नै खबर
  • ३ जेठ २०८१ बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या १२९
  • भक्तपुर/   भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ । उक्त अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले विहिवारदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको बताउनुभयो । 
    उहाँले भन्नुभयो, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन्, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन्भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ ।’ आर्थिक अभावका कारण उपचारमा गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
    आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिदै उहाँले अस्पतालले असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताउनुभयो । एक वर्ष अघि  स्वास्थ्य मन्त्रालयको मुल्याँकन अनुसार देशकै सर्वोत्कृष्ट अस्पताल घोषणा भएको थियो ।