१९ मंसिर २०८२ शुक्रबार | 05 Dec 2025 Fri

मुसिकोटमा गर्भवती र कुरुवालाई निःशुल्क खाना



  • आफ्नै खबर
  • ३ जेठ २०८१ बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या २०३
  • रुकुम पश्चिम/   रुकुम पश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका–११ मा रहेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक  कुरुवालाई  निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताउनुभयो । उहाँ मुसिकोट–११ का वडाध्यक्षसमेत हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘गर्भवतीलाई घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताका लागि स्वास्थ्यचौकीमै निःशुल्क खानाको व्यवस्था गर्न लागिएको हो ।’

    सुत्केरीका लागि नगरपालिकाले एम्बुलेन्सको समेत निःशुल्क व्यवस्था गरेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ ।