सप्तरी/ लामो समयदेखि भवनको अभाव खेप्दै आएको छिन्नमस्ता गाउँपालिका –५ लोखरममा रहेको दलित रा.प्रा.विद्यालयमा भवन बन्ने भएको छ । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले त्यहाँ ३ कोठे विद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।
‘८ बर्षदेखि जिर्ण भवनको एउटै कोठामा बसाएर दुई÷तीन वटा कक्षा संचालन गर्नु परिरहेको थियो ।’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘धेरै पहलपछि प्रदेश सरकारले बजेट दिएपछि उक्त भवन बन्ने भएको छ ।’ दलितकै नाममा रहेको त्यस विद्यालयको भवन बन्ने भएपछि स्थानीय दलित परिवारहरु उत्साहित देखिएका छन् ।
सोही दिन पालिका अध्यक्ष चौधरीले वडा नं ५ को वडा कार्यालय भवनको समेत शिलान्यास गर्नु भएको छ । वडा कार्यालयको आफ्नो भवन भएपछि सेवा प्रवाहमा थप सुविधा हुने पालिका अध्यक्ष चौधरीले बताउनुभयो । केही समयअघि अध्यक्ष चौधरीले लोखरममा स्वास्थ्य चौकी तथा प्रसुती गृह(बर्थिङ्ग सेन्टर) उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस