२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने



  • रासस
  • ६ जेठ २०८१ आईतबार (१२ महिना अघि)
  • पाठक संख्या ११५
  • पोर्चुगल/  लिस्वनमा विशेष कार्यक्रमका साथ शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती मनाइने भएको छ । लिस्वनमा रहेको नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्गठनका साथै यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।

    भगवान् गौतमबुद्ध र बुद्ध जन्मस्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ बुद्धजयन्ती मनाउने तयारी भएको २५६८औँ बुद्धजयन्ती मूल आयोजक समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताउनुभयो ।

    बुद्धजयन्तीका अवसरमा राजधानी लिस्वनमा बृहत् शोभायात्रा, बुद्धको विशेष पूजा आराधना गरिनेछ । बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकी सहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने उहाँले बताउनुभयो । शोभायात्रामा पोर्चुगलवासी नेपाली, बौद्ध धर्मगुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायी सहभागी हुने कार्यक्रम रहेको छ ।