१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

रावा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालको पदभार ग्रहण



  • आफ्नै खबर
  • ११ जेठ २०८१ शुक्रबार (२ बर्ष अघि)
  • पाठक संख्या १३९
  • काठमाडौँ/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पदभार ग्रहण गर्नुभएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गर्नुभएको हो । 

    बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ९२० तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ९३० को व्यवस्थाबमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षका लागि नियुक्ति गरेको थियो । पदभार ग्रहण गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने जानकारी दिनुभयो ।

    चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । विसं २०६४ मा चार्टर्ड एकाउन्टेन्टको रुपमा सेवा प्रवेश गर्नुभएका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी तहको अध्ययन पूरा गर्नुभएको छ । यसअघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्नका लागि बैंकले गत वैशाख ७ गते आवेदन माग गरेको थियो । कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त हुनुभएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।