२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

पाँच स्थानीय तहको बेरुजू शून्य



  • आफ्नै खबर
  • १४ जेठ २०८१ सोमबार (१२ महिना अघि)
  • पाठक संख्या ७२
  • काठमाडौं/  आर्थिक वर्ष २०७९/८० मा ५ स्थानीय तहको बेरुजू शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याङवरक, ताप्लेजुङको पाथिभरा याङवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शुन्य देखिएको हो ।

    महालेखापरीक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० मा ती स्थानीय तहको बेरुजू नभएको उल्लेख छ । कार्यालयकाअनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा ५ स्थानीय तहका शुन्य बेरुजू देखिएको हो ।