आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पाँच स्थानीय तहको बेरुजू शून्य


  • आफ्नै खबर
  • २०८१ जेष्ठ १४, सोमबार मा प्रकाशित १ साल अघि
  • २ पाठक संख्या
  • काठमाडौं/  आर्थिक वर्ष २०७९/८० मा ५ स्थानीय तहको बेरुजू शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याङवरक, ताप्लेजुङको पाथिभरा याङवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शुन्य देखिएको हो ।

    महालेखापरीक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० मा ती स्थानीय तहको बेरुजू नभएको उल्लेख छ । कार्यालयकाअनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा ५ स्थानीय तहका शुन्य बेरुजू देखिएको हो । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु