आज: २०८२ चैत्र १८, बुधबार | Wed, 01, Apr, 2026

देशभर श्रमाधान रोजगार मेला हुँदै,  जेठ १७ र १८ मा विराटनगरमा


  • आफ्नै खबर
  • २०८१ जेष्ठ १५, मंगलबार १ साल अघि
  • ३८ पाठक संख्या
  • मोरङ/   आन्तरिक रोजगारीलाई प्रवर्द्धन तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा रोजगार मेला आयोजना गर्न लागेको हो । 

    मेला जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरमा सुरु गरिने महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मेलामा श्रम मन्त्रालय तथा मातहतका सबै निकाय, विभिन्न तालिम प्रदायक संस्था, सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घ र होटल सङ्घ नेपालले विराटनगरमा ५० कक्ष राखी रोजगार उपलब्ध गराइने उल्लेख छ ।     

    मेलामा अदक्ष र दक्ष युवालाई स्थानीय उद्योग, व्यावसायिक प्रतिष्ठानले आवश्यकताअनुसार रोजगारीको अवसर प्रदान गर्नाका साथै नेपाल सरकारले तोकेअनुसारको पारिश्रमिक उपलब्ध गराउने महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो । मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान गर्ने जानकारी पाउनाका साथै रोजगारीका लागि आवश्यक सीपका बारेमा जानकारीसमेत गराउने व्यवस्था रहेको अध्यक्ष राउतले बताउनुभयो ।

    मेला मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा वागमतीको ललितपुरमा जेठ २९ र ३० गते आयोजना गरी समापन गरिने छ ।

    रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु