१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ओझालाई फरक विधामा दुई अन्तर्राष्ट्रिय अवार्ड



  • आफ्नै खबर
  • १५ जेठ २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या १०५
  •  काठमाडौं/  नेपालका कवि, पत्रकार तथा शान्ति प्रबद्र्धक सरोज ओझाले एकै दिन दुईवटा प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । ओझालाई अन्तर्राष्ट्रिय साहित्यिक संस्था ग्लोबल राइटर्स एकेडेमी इण्डिया, द डेली ग्लोबल नेसन बंगलादेश र द पेनक्राफ्ट बंगलादेशले काजी नजरुल इस्लाम साहित्यिक पुरस्कार प्रदान गरेका छन् भने अन्तर्राष्ट्रिय शान्ति र मानवीय संस्था, युनाइटेड नेचर इन्टरनेशनल पीसले लाईफ टाईम एचिभमेण्ट अवार्डबाट विभुषित गरेको छ । 

    बंगलादेशका राष्ट्र कवि नजरुल इस्लामको जन्म जयन्तीको अवसर पारेर नेपालका ओझा र एन पी खतिवडासहित अन्य २२ विभिन्न् देशका कविलाई पनि काजी नजरुल इस्लाम साहित्यिक पुरस्कारबाट सम्मानित गरिएको थियो । यो अवार्ड प्राप्त गर्नेहरुमा रतन भट्टाचार्य, सलोमे मुरो, गुरजीत कौर घुमान, एलिसिया एम गार्सिया, एसके आलमगीर हुसेन, मारिया भिटोरिया, मासिमो, बेनुप्रिया रोय, सईदा अख्तर, स्वप्नेन्दु भौमिक, जेजाबेक, मर्हमार्क कायस, साजिब, रीता बोउरा, लक्ष्मीकान्त दास, फली न्द्रेका, बिजुरी इस्लाम, बारबरा मर्केस, स्वाती दास, डायने ओवेर्ने र प्रसन्ना बृहत्मित्र सिंह रहेका छन् ।

    साहित्यिक र शान्ति दुवै क्षेत्रमा प्राप्त यस दोहोरो सम्मानले साहित्य, पत्रकारिता र शान्ति निर्माणका क्षेत्रमा अझ सकृय हुन प्रेरित गरेको ओझाले बताउनुभयो । हाल काठमाण्डौंमा बसोबास गर्दै आउनु भएका ओझा व्यास–५ का स्थायी बासिन्दा हुनुहुन्छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?