आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

११ दिनपछि मनसुन भित्रिने पूर्वानुमान, विभाग भन्छ- यो वर्ष धरै वर्षा


  • आफ्नै खबर
  • २०८१ जेष्ठ १९, शनिबार मा प्रकाशित १ साल अघि
  • २ पाठक संख्या
  • काठमाडौँ यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भू-भागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ ।

    नेपालको पूर्वी भू-भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, विज्ञप्तिमा भनिएको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमितरुपमा अद्यावधिक गरिने विभागको  सूचनामा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु