१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

अमेरिकामा ‘कन्सर्ट’ गरेर नेपालको अनाथ आश्रमलाई सहयोग



  • आफ्नै खबर
  • २२ जेठ २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या ४८
  • काठमाडौँ/  अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि ७ लाख २४ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाईं थपलियाले तुलसालयका अध्यक्ष सरु सुवेदीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।   

    ललितपुरको नख्खुडोलमा रहेको आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएकाहरूको लालनपालन र बालबालिकाको शिक्षाका लागि क्यालिफोर्नियाको सञ्जालले गत अप्रिलमा नेपाली साङ्गितीक ‘कन्सर्ट’ आयोजना गरी रकम सङ्कलन गरेको थियो । कार्यक्रममा सञ्जालकी अध्यक्ष सेढाईंले नेपालमा विभिन्न कारणले बेसहारा बनेका अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक, सडकमा अलपत्र परेका एवं मानसिक रोग भएकाहरूको उद्धार गरी लालनपालन र समाजमा पुनस्र्थापनाका लागि आश्रमले सहयोग गरेको बताउनुभयो । 

    आश्रमकी अध्यक्ष सुवेदीले हाल २५ जना बालबालिका विद्यालय जाने गरेकाले उनीहरुलाई शैक्षिक सामग्रीका साथै मानसिक रोग भएकाहरुको औषधि उपचारमा सहयोग रकमको सदुपयोग गरिने बताउनुभयो । उहाँले सहयोगका लागि संस्थाका तर्फबाट धन्यवाद ज्ञापनसमेत गर्नुभयो । 

    आश्रममा हाल ३५ जना बालबालिका, ज्येष्ठ नागरिक, मानसिक रोग भएकाहरूसमेत गरी ५२ जना आश्रित रहेका छन् ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?