१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

महानगरका अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या १९०
  • काठमाडौँ/  काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पतालले आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्नुपर्ने निर्देशन दिएको छ । महानगरले १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो । 

    महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्ता गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो ।’