१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

स्वास्थ्य बीमा असार मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने



  • आफ्नै खबर
  • २८ जेठ २०८१ सोमबार (६ महिना अघि)
  • पाठक संख्या ६७
  • काठमाडौँ/  स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि २०८१ साल असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज सूचना जारी गर्दै स्वास्थ्य बीमामा २०८० साल वैशाख १ देखि २०८० साल असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो । 

    नवीकरणका लागि आ–आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । २०८१ साल साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ साल मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार ७ सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार ८ सय ४० जनाले नवीकरण गराएका छन् । 

    सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।’

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?