१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बुधवार विहानै नेपालले श्रीलङ्काको सामना गर्ने



  • आफ्नै खबर
  • २९ जेठ २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या ९१
  • काठमाडौँ/  आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासंग खेल्दैछ । समूह चरणको आफ्नो दोस्रो खेल नेपाली समय अनुसार बिहान ५ः१५ मा अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्न लागेको हो ।  

    सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन् । उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक खेल भइसकेको छ । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ । 

    लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर ८ मा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । 

    नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का पनि दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्गलादेशसँग २ विकेटले पराजित भएको थियो ।

    नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताउनुभयो । उहाँले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो । 

    विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो । फ्लोरिडामै श्रीलङ्काले भने २ अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?