आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

खोटेहाङमा विद्यालय भवन निर्माण


  • आफ्नै खबर
  • २०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • खोटाङ/  खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखाको मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार रुपैयाँ लगानीमा तीनकोठे भवन निर्माण भएको हो ।

    विद्यालयका प्रधानाध्यापक नयन्द्रकुमार राईले भन्नुभयो, ‘सन्ताउन्न वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन हुन्छ । कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो । ब्रिटिस गोर्खाको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधासम्पन्न भवन बनेपछि सहज भएको छ ।’ 

    उक्त विद्यालयमा हाल १ सय ६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ३ प्राथमिक तहका स्थायी दरबन्दी, २ निम्न माध्यमिक तहका राहत दरबन्दी, १ प्राथमिक तहका राहत शिक्षक तथा एक बालविकास सहयोगी कार्यकर्ता र २ निजी स्रोतका शिक्षक कार्यरत छन् ।

    रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु