आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने


  • आफ्नै खबर
  • २०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • काठमाडौं/  काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू–भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ । 

    महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो, तर भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो ।’ 

    महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानमा साधारणतया बदली, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु