आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

टी-२० विश्वकप : नेपालको सानदार बलिङ, ११५ मै समेटियो दक्षिण अफ्रिका


  • आफ्नै खबर
  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । विश्वकपको शनिबार बिहान जारी खेलमा टस जितेर पहिले बलिङ गरेको जेपालले दक्षिण अफ्रिकालाई सस्तो योगफलमा रोकेको छ ।

    वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो।

    नेपालका स्पिनरहरुले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । कुशल भुर्तेलले चार विकेट र दिपेन्द्र सिंह ऐरीले तीन विकेट लिए । सन्दीप लामिछानेले विकेट लिन नसके पनि रन गतिमा नियन्त्रण गरेका थिए ।

    दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे।

    कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हाने।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु