१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बागलुङमा २ वर्षमा बने ४१ झोलुङ्गे पुल



  • आफ्नै खबर
  • २ असार २०८१ शनिबार (६ महिना अघि)
  • पाठक संख्या ८७
  • बागलुङ/  बागलुङमा पछिल्लो २ वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । 

    झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुङ्गे पुल निर्माण भएका हुन् । 

    पूर्वधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा २ र अघिल्लो वर्ष ४ गरी ६ पुल निर्माण भएका छन् । 

    गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष १/१ गरी २ पुल बनेका छन् । ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष ४ र यस वर्ष २ गरी ६ पुल निर्माण भएको उहाँको भनाइ छ । जैमिनी नगरपालिकामा अघिल्लो वर्ष ३ र यस वर्ष २ गरी ५ झोलुङ्गे पुल बनेको इञ्जिनियर चापागाईंले बताउनुभयो ।

    चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष ५ र यस वर्ष ४ गरी ९ वटा पुल बनेका छन् । तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा २ र चालु वर्षमा १ गरी ३ वटा पुल बनेको उहाँले जानकारी दिनुभयो । 

    बडिगाड गाउँपालिकामा गत वर्ष १ र यस वर्ष ४ गरी ५ वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउनुहुन्छ । ताराखोला गाउँपालिकामा गत वर्ष ३ वटा पुल बनेका थिए । काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष २ र यस वर्ष २ गरी ४ वटा पुल बनेको चापागाईंले बताउनुभयो ।

    पुल निर्माण भएपछि खोला वारपारमा निकै भहज भएको ढोरपाटन नगरपालिका–९ का बलबहादुर घर्तीमगरले बताउनुभयो । उत्तरगङ्गा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँठाउँमा पुल बनेपछि समस्या समाधान भएको उहाँको भनाइ छ । बर्खाको समयमा उत्तरगङ्गा नदीले बर्सेनि २÷३ जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउनुहुन्छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?