२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

पाल्पाका ३ विद्यालयमा विपन्नलाई पढाउन अक्षयकोष



  • आफ्नै खबर
  • ५ असार २०८१ बुधबार (१२ महिना अघि)
  • पाठक संख्या ११७
  • पाल्पा/  विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका ३ वटा विद्यालयलाई १–१ लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । 

    जेहेन्दार, विपन्न विद्यार्थीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न  अक्षयकोष खडा गरिएको हो । रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताउनुभयो । उहाँकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई अक्षयकोष रकमको चेक हस्तान्तरण गरिएको हो ।


    रासस