आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पाल्पाका ३ विद्यालयमा विपन्नलाई पढाउन अक्षयकोष


  • आफ्नै खबर
  • २०८१ अषाढ ५, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • पाल्पा/  विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका ३ वटा विद्यालयलाई १–१ लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । 

    जेहेन्दार, विपन्न विद्यार्थीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न  अक्षयकोष खडा गरिएको हो । रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताउनुभयो । उहाँकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई अक्षयकोष रकमको चेक हस्तान्तरण गरिएको हो ।

    रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु