२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नेपाल सहित माल्दिभ्स र श्रीलंंकामा विश्व बैंकका नयाँ ‘कन्ट्री डाइरेक्टर’



  • आफ्नै खबर
  • ६ असार २०८१ बुधबार (११ महिना अघि)
  • पाठक संख्या ८९
  • डेभिड सिस्लेन

    वासिङ्टन/  विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर नियुक्त गरेको छ । बिश्व बैंकले डेभिड सिस्लेनलाई जुलाई १ अर्थात असार १७ गते देखि लागू हुने गरी नयाँ कन्ट्री डाइरेक्टर नियुक्त गरेको हो ।  

    नव नियुक्त कन्ट्री डाइरेक्टर सिस्लेनले हालका फारिस हदाद–जेर्भोसको स्थान लिने जनाइएको छ । अमेरिका र इटालीका दोहोरो नागरिक सिस्लेन सन् २००१ मा अर्बन क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा बैंकमा सामेल भएको र त्यसपछि विभिन्न क्षेत्रहरूमा विभिन्न परिचालन र व्यवस्थापकीय पदहरू सम्हालिसकेको जनाइएको छ । 

    हाल उहाँ वासिङ्टन डीसीमा आधारित ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा शहरी, विपद् जोखिम व्यवस्थापन, र भूमिको लागि अभ्यास प्रबन्धकको रूपमा रहनु भएको छ । ‘म मेरो नयाँ भूमिका र हाम्रा सबै सरोकारवाला र साझेदारहरूसँग चाँडै भेट्ने प्रतिक्षामा छु’, सिस्लेनले भन्नुभयो, ‘मेरो मुख्य प्राथमिकता सरकार, विकास साझेदारहरू, र विविध सरोकारवालाहरूसँग नजिकको काम गर्दै, गति, मापन र प्रभावमा बैंकको फोकसको आधारमा परिचालन संलग्नताहरूलाई आकार दिन र कार्यान्वयन गर्न रणनीतिक संवादको नेतृत्व गर्नु हुनेछ।’

    सिस्लेनले नेपाल, माल्दिभ्स र श्रीलंकामा करिब ४ अर्ब ८० करोड अमेरिकी डलरको विश्व बैंकको पोर्टफोलियोको निरीक्षण गर्ने जनाइएको छ ।