३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

भूकम्पको ९ वर्षपछि ‘इटाचापा’ को पुनःनिर्माण



  • आफ्नै खबर
  • ८ असार २०८१ शनिबार (१२ महिना अघि)
  • पाठक संख्या ११२
  • काठमाडौं/  २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका–२७ असनमा रहेको ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ ।

    १९९० सालको भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय विवाद भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिनुभयो । ऐतिहासिक महत्वको यो सम्पदा २ करोड ४९ लाख ३७ हजार रुपैयाँमा पुनःनिर्माण थालिएको उहाँको भनाई छ । यसको पुनःनिर्माण ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

    यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । २०४० सालसम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेको उहाँले बताउनुभयो । ल्हासा–काठमाडौँ यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडाअध्यक्ष खड्गीले बताउनुभयो ।

    रासस