१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

नेपालगञ्जमा महिला क्याम्पस स्थापना



  • आफ्नै खबर
  • १३ असार २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या ६८
  • बाँके/  नेपालगञ्जका महिलाहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ । विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ ।

    करिब ५ करोड रुपैयाँको लागतमा ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार महिला कलेजमा छात्राबासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बिबिएच, चार वर्षे बिएड र बिएससीका कक्षा सञ्चालन गर्दै आएको छ । 

    पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताउनुभयो । १ सय ३० किशोरी विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् । कलेजले लगनशील, गरिब तथा अति विपन्नलाई छात्रवृत्ति प्रदान गरेको भन्दै विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरी रहेका उहाँले जानकारी दिनुभयो ।  

    मङ्गलप्रसाद माध्यामिक विद्यालयले भाडामा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको उक्त कलेज सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्रालाई भारतलगायत छिमेकी मुलुक गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?