२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर



  • आफ्नै खबर
  • १७ असार २०८१ आईतबार (१० महिना अघि)
  • पाठक संख्या ८१
  • ललितपुर/  भूकम्पबाट  भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताउनुभएको हो ।  

    त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताउनुभयो । महानगर क्षेत्रभित्रका ४ सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । 

    ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गर्नुभएका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् ।

    -रासस