काठमाडौं/ जेए ग्रुपले असार १५ गते अर्थात् धान दिवसको अवसर पारेर भक्तपुरको ओम वृद्धाश्रममा खाद्यसामग्री वितरण गरेको छ । संस्थाले वृद्धाश्रममा रहेका २१ जना वृद्धवृद्धा तथा आश्रमका कर्मचारीलाई समेत दहिचिउरा, मिठाइ, फलफूल तथा अन्य खाद्यान्न वितरण गरेको हो ।
यसअघि संस्थाले दुई जना क्यान्सर पीडितलाई जनही ५० हजार रुपैयाँका दरले अर्थिक सहयोगसमेत गरेको जनाएको छ ।
जेए ग्रुपले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको जनाएको छ । यसैगरी, संस्थाले यसै वर्षदेखि प्रत्येक महिना कम्तिमा एउटा सामाजिक कार्य गर्नेसमेत घोषणा गरेको छ ।
४८ वर्षअघि लप्सीको बियाँ निर्यात गर्ने जितबहादुर श्रेष्ठले एनबीबाट बाहिरिएर जेए ग्रुपमार्फत व्यवसाय विस्तार गरेका हुन् । जेए ग्रुपले कृषि, पर्यटन, जलविद्युत्, बैंकिङ र औद्योगिक क्षेत्रमा लगानी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस