१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ग्लोबल आइएमईका २३३ शाखाले गरे वित्तीय साक्षरता कार्यक्रम  



  • आफ्नै खबर
  • १७ असार २०८१ आईतबार (५ महिना अघि)
  • पाठक संख्या ५२
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २ सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । 

    बैंकले ७ वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । 

    कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३ हजार ५ सय, मधेशमा २ हजार २ सय, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५ सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५ सय र सुदूरपश्चिममा २ हजार ५ सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको बैंकले जनाएको छ । 

    ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गरेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको जनाएको छ । 

    हाल बैंकले देशको ७७ वटै जिल्लामा ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ एक हजार १ सयभन्दा बढी स्थानबाट सेवा दिइरहेको जनाएको छ । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?