आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

प्रभु इन्स्योरेन्सको हकप्रद शेयर एनआईसी एशिया क्यापिटलबाट


  • आफ्नै खबर
  • २०८१ अषाढ १७, सोमबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/ प्रभु इन्स्योरेन्स लिमिटेडले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउनका लागि निष्काशन गर्न लागेको हकप्रद शेयरको निष्काशकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ ।

    प्रभु इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १ सय ३५ कित्ता अर्थात् ८३ करोड ५० लाख १३ हजार ५ सय रुपैयाँ बरावरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

    प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको जनाइएको छ । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको जनाइएको छ ।

    एनआईसी एशिया क्यापिटलले लामो समय देखि ‘आइडिया टु आइपिओ’ सेवा सञ्चालन गर्दै आइरहेको छ । उक्त सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन गर्ने सम्मको कार्य गरिदिने तथा हकप्रद शेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको कम्पनीको भनाइ छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु