१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

तोरीखेती गर्ने किसानलाई २७ लाख अनुदान



  • आफ्नै खबर
  • १९ असार २०८१ मंगलबार (५ महिना अघि)
  • पाठक संख्या ४९
  • झापा/  मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका ८ सय ३३ किसानलाई तोरीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो । 

    कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा १५ रुपैयाँ अनुदानको व्यवस्था गरेको थियो । 

    कम्तीमा ५ कठ्ठादेखि बढीमा १ बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार ८ हजार ९ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिनुभयो ।  

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?