१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

दोलखामा बाढी : तीन घर बगे, एकजना बेपत्ता



  • आफ्नै खबर
  • २३ असार २०८१ शनिबार (५ महिना अघि)
  • पाठक संख्या ५७
  • दोलखा/  दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने ३ वटा घर बगेका छन् ।

    शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । 

    छ्योतछ्योत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आउनुभएको थियो ।

    -रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?