२१ मंसिर २०८२ आईतबार | 07 Dec 2025 Sun

अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर मौद्रिक नीति ल्याउँछाैं : गभर्नर



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या २२६
  • काठमाडौँ नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले देशको आर्थिक अवस्था कमजोर रहेको बताउनुभएको छ। 

    मंगलबार आयोजित  मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गर्नुभएको हो। कोभिडको बेलामा राष्ट्र बैङ्कले दिएको सुविधाले व्यवसाय बाँचेको उहाँले बताउनुभयो। उहाँले त्यतिबेला राष्ट्र बैङ्कले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताउनुभयो। 

    राष्ट्र बैङ्कले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको उहाँले बताउनुभयो। उहाँले राष्ट्र बैङ्कले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने उल्लेख गर्नुभएको छ।

    उहाँले घरजग्गा कारोबार, साना तथा घरेलु उद्यममा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैङ्क मौद्रिक नीतिमार्फत क्षेत्रगत रूपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गर्नुभयो। उहाँले  लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषय माइक्रो पोसिली अन्तर्गत पर्ने बताउनुभयो। त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिइने उहाँले बताउनुभयो।

    पछिल्लो समय सबैले नेपाल राष्ट्र बैङ्कले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै उहाँले आरोपको खण्डन गर्नुभयो। राष्ट्र बैङ्कले उद्योग व्यवसायलाई अप्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ, बाँधेको डोरी देखाए फुकाउन तयार रहेको उहाँको भनाइ थियो।