काठमाडौं/ यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २ हजार २ सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
आज ३ सय ९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता शेयर ९६ हजार २ सय ७४ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बैङ्किङ ३ दशमलव ७४ र जलविद्युत् समूह ३ दशमलव ३० प्रतिशतले बढेको छ ।
विकास बैङ्क १.२०, वित्त १.३३, होटल तथा पर्यटन १.०७, लगानी १.३० र जीवन बीमा समूह २.०५ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन २.६६, लघुवित्त ०.८२, म्युचुअल फन्ड १.७४, निर्जीवन बीमा १.२६, व्यापार २.२१ र अन्य समूह १.९९ प्रतिशतले बढेको छ ।
रिडी पावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बलेफी हाइड्रोपावर रहेको छ । यो कम्पनीको शेयर मूल्यमा ५.१२ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेडको २४ करोड २७ लाख ५८ हजार रुपैयाँको कारोवार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई लिमिटेड प्रमोटर शेयर २० लाख ७५ हजार १ सय २ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस