२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक घरबास 



  • आफ्नै खबर
  • ३२ असार २०८१ सोमबार (१० महिना अघि)
  • पाठक संख्या १७३
  • कास्की/  पोखरा महानगरपालिका–१६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको हो । 

    प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गरिरहेको क्लबले यस शृङ्खलालाई गर्लाङमा पुु–याएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो । ‘हाइकर्स क्बल नेपालले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको छ’, उहाँले भन्नुुभयो, ‘पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिलाई हामीले हाइकिङका माध्यमबाट पर्यटकीय गन्तव्यमा पुुर्याउने गरेका छौंँ ।’

    विभिन्न उमेर समूहका व्यक्ति एकसाथ हाइकिङमा सहभागी हुने गरेको बताउँदै उहाँले हरेक गन्तव्यमा पर्यटकीय प्रवर्द्धन भइरहेको बताउनुुभयो । प्रकृति र संस्कृतिले सम्पन्न गर्लाङ गाउँमाथिबाट देखिने दृश्यले जो कोही लोभिने बताउँदै उहाँले हरिपाउबाट पोखरा बजार नेपालको झण्डा आकारमा देख्न सकिने जानकारी दिनुुभयो ।

    गर्लाङमा कोरोना महामारी पूर्व घरबास सञ्चालनमा आएको थियो । लगत्तै भएको बन्दाबन्दी (लकडाउन) पछि घरबासले अपेक्षित गति लिन सकेको थिएन । पछिल्लो समय विस्तारै आकर्षण बढ्न थालेको गर्लाङ सामुदायिक होमस्टेका सदस्य चन्द्रा गुरुङले बताउनुुभयो । 

    उहाँका अनुसार यहाँका ५ वटा घरमा घरबास सञ्चालनमा छन् । हरेक दिन २० देखि २५ जनासम्म पाहुनालाई घरबासमा राख्न सकिने उहाँको भनाइ छ । गर्लाङ आउने पर्यटकले स्थानीय स्वादका खानासँगै प्रकृति र संस्कृतिमा रमाउन पाउने गुरुङले बताउनुभयो । यहाँबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न गाउँमाथि रहेको झुुप्राङकोट उपयुक्त गन्तव्य मानिन्छ ।

    जोगिमणिबाट करिब १ घण्टा पैदलबाट देवीथान, जैमुरे, भूतेदेवी थान, विमरे हुँदै गर्लाङ पुुग्न सकिन्छ । त्यस्तै ढिँकीडाँडाबाट थुम सम्म सवारीमा पुगेर थोरै पैदल हिँडेर पनि गर्लाङ पुुग्न सकिन्छ । पोखरा महानगरपालिका–१६ का पर्यटकीय गन्तव्यमध्ये गर्लाङ १ भएको वडा सदस्य रामचन्द्र आचार्यले बताउनुभयो । ‘हाइकर्स क्लबले आयोजना गरेको हाइकिङले यहाँको पर्यटन प्रवर्द्धन हुने हाम्रो विश्वास छ’, उहाँले भन्नुुभयो, ‘यस किसिमका प्रवर्द्धनात्मक गतिविधिले पछि परेका गन्तव्यको प्रवर्द्धन र विकास हुन्छ ।’ 

    स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ गरिँदै आएको क्लबका उपाध्यक्ष ज्योति हमालले बताउनुभयो । पोखराबाट नजिक रहेर  प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्न गर्लाङ सामुदायिक होमस्टे छनोट गरिएको उहाँले जानकारी दिनुुभयो । 

    क्लबका कोषाध्यक्ष टीका आचार्यले हाइकर्स क्बल नेपालले सदस्यता वृद्धि अभियान थालेको बताउनुुभयो । उहाँका अनुसार क्लबको साधारण सदस्यका लागि ५ सय रुपैयाँ र आजीवन सदस्यको लागि ३ हजार रुपैयाँ लिने गरिएको छ । हाइकिङमा सहभागी हुन क्लबको सदस्य नहुनेले पनि पाउने उहाँले बताउनुभयो । सदस्यता नलिएका सहभागीका हकमा अतिरिक्त ५० रुपैयाँ थप बुझाउनु् पर्ने निर्णय क्लबले गरेको छ ।

    पोखरा र आसपासमा विगत ६ वर्षदेखि नियमित सञ्चालित हाइकिङमा हालसम्म १० देखि ७६ वर्ष उमेर समूहका नेपाली तथा विदेशी नागरिकसमेत गरी हजारौँ सहभागी भइसकेका छन् ।  क्लबका सचिव मधु अधिकारीले हाइकिङका माध्यमबाट हरेक शृङ्खलामा नयाँ गन्तव्यको प्रवर्द्धन गरिँदै आएको बताउनुुभयो ।

    -रासस