१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कीर्तिपुरमा मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय



  • आफ्नै खबर
  • ३२ असार २०८१ सोमबार (५ महिना अघि)
  • पाठक संख्या ६३
  • काठमाडौं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहालीपछि भएको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

    उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ। उक्त कामका लागि ३ सय दिनको समयसीमा निर्धारण गरिएको छ।

    साथै, बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?