१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

रमेश विकलका ३ कृति सार्वजनिक



  • आफ्नै खबर
  • २ साउन २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या १५४
  • काठमाडौं/  आख्यानकार रमेश विकलका कथा, उपन्यास र नाटकलाई समेटी ३ कृति प्रकाशन गरिएका छन् । आख्यानकार विकलका छरिएर रहेका कथा, नाटक र उपन्यासलाई जम्मा गरेर ३ ग्रन्थ प्रकाशन गरिएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ । 

    रमेश विकल समग्र मूल शीर्षकअन्तर्गत कृतिमा उहाँका कथा, उपन्यास र नाटक गरी अलगअलग ३ वटा खण्डमा प्रकाशित भएका हुन् । विकलका कतिपय कृति नयाँ संस्करणमा प्रकाशन नगरिँदा शोधार्थी, विद्यार्थी र पाठकलाई कठिनाइ भइरहेको थियो । यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले यी कृति प्रकाशन गरेको हो ।

    रमेश विकल समग्र कथा खण्डमा सङ्ग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटासहित करिब १ सय ५० कथा १ हजार ३ सय ९२ पृष्ठमा विस्तारित रहेको महासचिव विजय चालिसेले जानकारी दिनुभयो । ९ सय ४४ पृष्ठको उपन्यास खण्डमा विकलका ३ वटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश छन् । यसैगरी ६ सय ८ पृष्ठको नाटक खण्डमा यसअघि प्रकाशित ४ सङ्ग्रहका साथै फुटकर प्रकाशित ९ वटा नाटक समावेश गरिएको उहाँले बताउनुभयो । 

    २०१६ सालदेखि २०७५ सालसम्मका अलगअलग कालखण्डमा प्रयुक्त वर्णविन्याशगत विविधतालाई एकरूपता दिइ वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले यी कृतिका लागि योगदान गर्नुभएको प्रतिष्ठानले जनाएको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?