आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरी पढाउने


  • आफ्नै खबर
  • २०८१ श्रावण २, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • पर्सा/  वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परेर हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको ३ जना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । आज  बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरेर पढाईको जिम्मा लिने बताउनुभएको हो । 

    ‘बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ’, नगरप्रमुख सिंहले भन्नुभयो, ‘जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कायाृन्वयन गर्नेछ ।’ जवाहीरका १ छोरी र २ छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदीमा खसेको थियो ।

    नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताउनुभएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु