१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

३० हजार पर्यटक पुगे म्याग्दी



  • आफ्नै खबर
  • ४ साउन २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या ५९
  • म्याग्दी/  १ वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार १ सय ३० जनाले यो जिल्लाका  र बाहिरिनेको संख्या ५ हजार ७ सय ८९ जना रहेको छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् ।

    आव २०७९/८० मा २९ हजार ३ सय २८ र २०७८/७९ मा ७ हजार ९ सय २६  विदेशी पर्यटकले भ्रमण गरेका थिए । म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ ।

    धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

    छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अष्टे«लिया, नेदरल्याण्डका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीयस्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो । 

    अघिल्लो वर्षको हाराहारीमा पर्यटक आए पनि अपेक्षाकृत नभएको उहाँले बताउनुभयो । सबैभन्दा बढी २०८० को चैतमा ५ हजार ८ सय ४९ जना पर्यटक आएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । 

    २०८० साउनमा ९ सय ४७, भदौमा ९ सय ७२, असोजमा ४ हजार २ सय ९८, कात्तिकमा ४ हजार ३ सय ५७, मङ्सिरमा ३ हजार १ सय ९९, पुसमा १ हजार ६ सय २७, माघमा १ हजार ५ सय ७७, फागुनमा २ हजार ४ सय ४४, २०८१ वैशाखमा ४ हजार १ सय ७५, जेठमा ८६ र असारमा ३ सय ८८ जना पर्यटक आएका छन् ।

    आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार १ सय ९१, २०७४/७५ मा ७४ हजार ७ सय ३३, २०७३/७४ मा ६९ हजार ८ सय ३७ विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार ६ सय ३२ जना र २०७७/७८ मा शून्य थियो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?