आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

धर्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्याली


  • आफ्नै खबर
  • २०८१ श्रावण ६, आईतबार मा प्रकाशित १ साल अघि
  • २ पाठक संख्या
  • काभ्रे/  जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ । ‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको र्याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको हो ।

    धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर ¥याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न  र्याली आयोजना गरिएको उहाँले बताउनुभयो । 

    जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताउनुभयो ।

    पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्यालीको शनिबार शुभारम्भ गर्नुभएको हो । र्यालीमा २ सय जना सहभागी थिए ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु