२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

एन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा पनि सम्पन्न



  • आफ्नै खबर
  • ८ साउन २०८१ मंगलबार (१० महिना अघि)
  • पाठक संख्या ९०
  • कास्की/  टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ ।

    साउन ५ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको पोखरामा रहेको शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए र सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो । 

    स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्ट सम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए भने, ७५.३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए । सबै राइडरहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

    उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको पोखराको शोरुम, स्क्वायर मोटसका संचालक बिनोदमान श्रेष्ठले सबै सहभागीहरूलाई भव्य स्वागत गर्नुभएको थियो ।

    टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्स प्रति विश्वास बढाउनु हो । उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।