१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

खाँदबारी बालविकास समाजलाई १ करोड सहयोग



  • आफ्नै खबर
  • १३ साउन २०८१ आईतबार (४ महिना अघि)
  • पाठक संख्या ४७
  • काठमाडौं/  समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीमा रहेको बालबिकास समाजलाई १ करोड रुपैयाँ प्रदान गर्नुभएको छ । 

    सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गर्नुभएको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

    त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदवारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताउनुभयो । 

    कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वमुख्यसचिव डा. विमल कोइराला, पूर्वसचिव सुशील जङ्गबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित हुनुहुन्थ्यो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?