२२ असोज २०८२ बुधबार | 08 Oct 2025 Wed

कर्णालीका ४ ठाउँवाटै २ करोड १५ लाख पर्यटन राजस्व



  • आफ्नै खबर
  • १३ साउन २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या १४८
  • कर्णाली/  कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लख १२ हजार रुपैयाँ, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार रुपैयाँ, काक्रेबिहारबाट ११ लाख ५० हजार रुपैयाँ र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख ‘भ्यूटावर’ बाट सङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन । 

    पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि मन्त्रालयसँग नभएको उहाँले बताउनुभयो ।

    -रासस