३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

लिट्मस केबल्सले गर्यो ‘पावर पार्टनर्स मीट २०८१’



  • आफ्नै खबर
  • १३ साउन २०८१ आईतबार (१२ महिना अघि)
  • पाठक संख्या ६६
  • काडमाडौं/ नेपाली वायर तथा केबल उद्योग लिट्मस इन्डिस्ट्रिज लिमिटेडले पावर पार्टनर्स मिट २०८१ कार्यक्रम सम्पन्नन गरेको छ । यो कार्यक्रम कम्पनीको दोस्रो संस्करण हो । 

    कार्यक्रममा देशभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनर्सहरु गरि २०० जनाकोे उपस्थिति रहेको जनाइएको छ । कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो । 

     कार्यक्रममा लिट्मसले आफ्ना महत्वपूर्ण कोशेढुङ्गा, भावी योजना साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायरजेडएच्बारे पनि सहभागीहरुलाई विस्तारमा जानकारी गराएको थियो । 

    कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको लभभग ५ दशकको यात्रा र उपलब्धिहरुबारे विस्तृत रुपमा चर्चा गर्नुभएको थियो । कम्पनीका उपाध्यक्ष साथै नेपाल विद्युतीय उत्पादक संघ (निमा) का सचिव समेत रहनुभएका सरोज मिश्रले लिट्मसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे धारणा राख्नुभएको थियो । 

    मिश्रले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रुपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेको जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो सुरक्षा र गुणस्तरप्रतिको लगाव र विश्वासलाई कसरी हासिल गरिरहेको र कायम राखिरहेको छ भन्ने प्रष्ट पारेको थियो । 

    कार्यक्रममा कम्पनीले आफ्नो महत्वकाङ्क्षी र रणनैतिक भावी योजना अन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि सहभागीलाई जानकारी गराएको थियो । यस नयाँ युनिटले कम्पनीको उत्पादन क्षमता वृद्धि गर्दै र गुणस्तरलाई अझ सुदृढ बनाउँदै बजारको बढ्दो मागलाई सम्बोधन गर्ने र बजारमा कम्पनीको अग्रतालाई अझ बलियो बनाउने कम्पनीको भनाइ छ । 

    कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्र्याण्ड, इकोवायरजेडएच् र इमर्जिङ् डिलर गरी चार विधामा सर्वोत्कृष्ट हुन सफल भएका डिलरहरुलाई पुरस्कृत पनि गरेको थियो । पुरस्कारले कम्पनीको सफलता र सम्बृद्धिमा डिलरहरुको महत्वलाई प्रकाश पार्दै लिट्मसले आफ्ना च्यानल पार्टनर्सहरुसँगको गहिरो सम्बन्धलाई सधैं केन्द्रमा राखेको पुष्टि गरेको थियो ।