१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ग्लोबल आइएमईका कार्डबाहकलाई र्याडिसन होटलमा छुट 



  • आफ्नै खबर
  • १३ साउन २०८१ आईतबार (४ महिना अघि)
  • पाठक संख्या ५५
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गर्नुभएको हो । 

    समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ । बैंकका ग्राहकले ¥याडिसन होटलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै होटलले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने उल्लेख छ ।

    ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा कुल ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर का साथै ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाइएको छ । 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?