१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

विपन्न परिवारलाई नगरपालिकाले बनाइदियो घर



  • आफ्नै खबर
  • १६ साउन २०८१ बुधबार (४ महिना अघि)
  • पाठक संख्या ४४
  • स्याङ्जा/  चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न ६ परिवारलाई उपहारस्वरुप घर निर्माण गरिदिएको छ । पालिकाले चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई घर हस्तान्तरण गरिसकेको छ ।  

    चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट २ कोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताउनुभयो ।

    ‘घर निर्माण गर्न आफ्नो नामको लालपुर्जा भएको जग्गा उपलब्ध गरायौँ’, केशबहादुरले भन्नुभयो, ‘नगरपालिकाले आर्थिक सहयोग गरेर २ कोठे घर बनाईदियो र अहिले त्यही नयाँ घरमा बस्न थालेका छौँ ।’

    गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै घर निर्माण गर्ने तयारीमा रहेको छ । प्रतिघर २ लाख ८० हजार रुपैयाँका दरले १६ लाख ८० हजार रुपैयाँको लागतमा ६ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणले बताउनुभयो । नगरपालिकाका वडा नं १ र ७ मा १–१ घर तथा वडा नं ४ र १० मा २–२ घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो ।

    -रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?