काठमाडौं/ महिन्द्रा फोर ह्वीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रा. लि. र अग्नि हायेर पर्चेज प्रा. लि. ले नगदरहित दाबीका लागि आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ ।
बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख (उपत्यकाभित्र) श्रीराम भण्डारी साथै गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारीद्वारा अग्नि ग्रुप तथा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरु उपस्थित थिए ।
समझौतापश्चात् महिन्द्राका ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू पाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस