२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

कथा यात्रामा हिरण्यकुमारीको कथनी



  • आफ्नै खबर
  • २२ साउन २०८१ मंगलबार (१० महिना अघि)
  • पाठक संख्या २४४
  • काठमाडौं/  नेपाली आख्यानको माध्यमबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकको ८० औं जन्मोत्सव  कथा यात्राका यात्रीहरूले पुरानो बानेश्वर गथापाकोस्थित निजि निवासमा कथाकारको कथनी श्रवण गरी मनाए । उक्त अवसरमा कथाकार पाठकले बालमनोविश्लेशणात्मक, अति यथार्थ र अनुभूतिहरू मिश्रीत कथा 'काले' वाचन गर्नु भएको थियो ।

    कथाकारको कथनीमा सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकले आफ्नो घरानिया साहित्यिक र शिक्षित बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको  शुरुआती संघर्ष, कथा लेखनमा आफ्ना बुबा तोत्रराज पाण्डे र ठूलोबुबा रुद्रराज पाण्डेको प्रेरणा तथा कथाकार परशु प्रधानको प्रभाव र सहयोगको सिलसिला, कथा लेखनमा  प्राप्त स्थान  र पाठकहरुका मायाको फेहरिस्त सुनाउनु भयो ।

    कथाकार हिरण्यकुमारी पाठकले आफ्नो बाल्यकाल भारतीय भूमिमा बिताएको र  जीवनमा आउने अनेक मोडहरूले पुन: नेपालमै ल्याएका कुराहरू बताउँदै कथाकार संगिनीद्वय पद्मावती सिंह र भागिरथी श्रेष्ठसंगको साहित्यिक दोस्तीको प्रेमील स्मरण गरी गुञ्जनले नेपाली साहित्यमा पुर्याएको योगदानको पनि कथाकारको कथनीमा व्यक्त गर्नु भयो ।

    नेपाली कथालाई थप चलायमान बनाउने अपेक्षा साथ कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको हो ।


    बैंकिङ्ग क्षेत्रमा कार्यरत हिरण्यकुमारी पाठकले नेपालको इतिहासमा पहिलो मेनेजर बन्दै अनेक अनुभूतिहरू संगालेर सामाजिक सेवा परिषदको कोषाध्यक्ष बनी  रानी ऐश्वर्यसँग  देशका दुर्गम स्थलहरूमा उद्यमशीलताको विकासमा खटिएका दिनहरूको पनि स्मंरण गराउनु भयो । 


    'प्रेम' कथालाई २०१७ सालमा कस्तुरी पत्रिकाबाट सार्वजनिक गरी  नेपाली साहित्यको कथा क्षेत्रमा प्रवेश गर्नु भएको हिरण्यकुमारी पाठकको १६ थान विविध कृतिहरू प्रकाशित छन् । 'मोहचक्र' पहिलो कथासङ्ग्रह  भएको हिरण्यकुमारीको अन्य थप चार कथाकृतिहरू विसंगती, दुश्वप्न, अग्नीदह र शून्यवत प्रकाशनमा आएका  छन् । निरन्तर कथा लेखिरहने हिरण्यकुमारी पाठकका आख्यानहरूमा समाज र वस्तुलाई नजिकबाट देखिई  वा छोई अति यथार्थको नजिकबाट लेख्ने स्वभाव रहेको छ ।

    नेपाली कथालाई थप चलायमान बनाउने अपेक्षा साथ कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको हो । कथाकार हिरण्यकुमारी पाठकको जन्मोत्सव श्रावण कृष्ण त्रयोदशी, गथांमुग: तिथिमा पर्ने गर्छ । यही बैशाख महिनाबाट  आरम्भ गरिएको कथाकारको कथनीमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी कथा यात्रीको रुपमा रहेका छन् ।

    कार्यक्रममा पत्रकार नम्रता शर्मा, साहित्यकार सुशीला देउजा र हिरण्यकुमारी पाठकको शन्त छोरा र ज्वाईंको पनि उपस्थिति थियो । कार्यक्रममा ५ पाउण्डको केक पनि काटियो ।