१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

जगदम्बा मोटर्स र पोस्टामले १ सय जना कन्टेन्ट क्रिएटरहरुलाई स्कुटर पुरस्कार दिने



  • आफ्नै खबर
  • २७ साउन २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या १७५
  • काठमाडौं/  नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो

    कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । कम्पनीले नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको हो । 

    प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुने जनाइएको छ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्न सक्ने उल्लेख छ । कम्पनीका अनुसार यो प्रतियोगिता ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

    टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताउनुभयो । यो प्रतियोगिताले कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने उहाँको भनाई थियो ।  

    त्यस्तै, पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।  

    कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १ सय जना छनोट हुने आयोजकले बताएका छन् । पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्ने र यसले सहभागीहरूलाई सुरुवात गर्न निकै सहज बनाउने जनाइएको छ । पोस्टाम प्रयोगकर्ताहरुले यो बाहेक अन्य थुप्रै अवसरहरुमार्फत पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ ।  

    जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरूमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन् ।