१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

निओ मनी ट्रान्सफरको सेवा कुवेतबाट पनि



  • आफ्नै खबर
  • २८ साउन २०८१ सोमबार (४ महिना अघि)
  • पाठक संख्या १२८
  • काठमाडौं/  निओ मनी ट्रान्सफरले कुवेतबाट पनि सेवा सुरु गरेको छ । कम्पनीले कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्जसँग सहकार्य गरी सेवा सुरु गरेको हो । 

    सहकार्यसँगै अब कुवेतमा बसिरहेका नेपालीहरूले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनी ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी रहेको दावी छ । 

    हाल कुवेतमा हजारौँ नेपाली आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् । कुवेतमा रहेका नेपालीहरूले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

    बैंक तथा वालेट भुक्तानी कारोबारहरू निओ मनी ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुने जनाइएको छ । साथै, नगदमा पठाइएको कारोबार पनि निओ मनी ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिने जनाइएको छ ।

    नयाँ सहकार्यबारे निओ मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो, ‘हामी अल–एक्तसाद युनाइटेड एक्सचेन्जसँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरूको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?